NepalFlag

वि.सं:

नेपाल संवत: ११४४ ञलागा द्वितीया - १७

परिचय

संघिय संरचना अनुसार सुदुरपश्चिम प्रदेश सरकार,सामाजिक विकास मन्त्रालय,स्वास्थ्य निर्देश्नालय मातहत कैलाली जिल्ला मा प्रदेश कार्यालयको रुपमा वि सं. २०७५ सालमा स्वास्थ्य कार्यालय कैलाली को स्थापना भएको हो । जस्को उदेश्यहरु तपशिल बमोजिम छन।

१. प्रदेश अन्तर्गत स्वास्थ्य निर्देशनालय मातहत कार्यालयको रूपमा रही प्रदेश र स्थानीय तहसँग समन्वय, सहजिकरण, सहयोग एवम् तोकिए बमोजिम प्रदेशको निर्देशन भए अनुसार कार्यान्वयन गर्ने ।

२. कार्यक्षेत्र भित्रका जिल्लाहरू तथा स्थानीय स्वास्थ्य संस्थाहरूलाई आवश्यक पर्ने खोप, अत्यावश्यक तथा गुणस्तर एवं संवेदनशील औषधी तथा स्वास्थ्य सामग्रीहरू भण्डारण तथा वितरणक योजना ( मासिक, त्रैमासिक चौमासिक, अर्धवार्षिक, वार्षिक) गरी कार्यान्वयन गर्ने ।

३. जनस्वास्थ्य तथा भेक्टर सर्भिलेन्स र विपद महामारी व्यवस्थापन, सहजिकरण र समन्वय गर्ने ।

४. जनस्वास्थ्य अभियान सञ्चालन तथा सहयोग, समन्वय र सहजिकरण गर्ने । ५. स्थानीय सरकार र स्वास्थ्य निकायहरु बिच समन्वय गर्ने ।

६. एकीकृत स्वास्थ्य सूचना विश्लेषण र अध्ययन गरी सो अनुसार योजना बनाउने एवम् स्थानीय तहमा सहजिकरण तथा पृष्ठपोषण गर्ने । ७. स्वास्थ्य सेवाको पहुँच, उपयोग वृद्धिगर्न आवश्यक योजना बनाउने, समन्वय तथा

सहजिकरण गर्ने ।

८. सरकारी, निजी, सहकारी द्वारा सञ्चालित स्वास्थ्य संस्थाहरू, कर्मचारीहरूको सुपरिवेक्षण, अनुगमन, नियमन तथा गुणस्तर सम्बन्धी कार्य गर्ने । ९. संस्थागत तथा जनशक्तिको प्राविधिक क्षमता अभिवृद्धि गर्ने ।

१०. प्रादेशिक विशेष स्वास्थ्य एवम् नियमित कार्यक्रमहरू (क्षयरोग तथा कुष्ठरोग नियन्त्रण, परिवार नियोजन, मातृ शिशु स्वास्थ्य, सामाजिक सुरक्षा, बिमा, विशेषज्ञ स्वास्थ्य शिविर लगायत हात्तीपाइले, पोषण, दादुरा खोप, लगायत अन्य विशेष कार्यक्रमहरू) को

सञ्चालन, समन्वय र सहजिकरण गर्ने । १९. वातावरणीय स्वास्थ्य, खानेपानी, सरसफाई तथा पेशागत स्वास्थ्य प्रबर्द्धन एवम् व्यवस्थापनका कार्य गर्ने ।

१२. जनसंख्या व्यवस्थापन सम्बन्धी कार्य गर्ने ।

१३. प्रदेश सरकारबाट तोकिएका कार्यहरू गर्ने ।

१४. बहुक्षेत्रीय समन्वय सहजिकरण सम्बन्धी कार्य गर्ने ।

१५. आन्तरिक प्रशासन (आर्थिक, प्रशासनिक, व्यवस्थापन) सम्बन्धी कार्य गर्ने ।